नबिल बैंकको तीन शाखा कार्यालय समायोजन
७ माघ, काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले एक सूचना जारी गर्दै तीन शाखा कार्यालय समायोजन गरी नयाँ बानेश्वरमा शाखा कार्यालय संचालन गरेको जनाएको छ ।
बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा समायोजन गरी माघ ७ गतेदेखि नयाँ बानेश्वर शाखा कार्यालयबाट कारोबार संचालन गर्न लागेको बैंकले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १६:४९






