राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
७ माघ, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।
बैंकको केन्द्रिय कार्यालय काठमाडौं तथा विभिन्न प्रदेशमा रहेका बैंकका प्रादेशिक कार्यालयहरुमा सञ्चालित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदाताले रक्तदान गरेका छन् ।
त्यसैगरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले स्वास्थ्य परिक्षण गरेका छन् । उक्त स्वास्थ्य शिविरमा सुमेरु अस्पताल जावलाखेल (ललितपुर)का अनुभवी डाकटरहरुद्वारा बैंकमा कार्यरत कर्मचारीहरुलाई डायबिटिज्, युरिक एसिड तथा आँखा परीक्षण, मृगौला परिक्षण सेवा नि:शुल्क उपलब्ध गराईएको थियो भने युएसजी टेष्ट लगायतका अन्य स्वास्थ्य परिक्षण सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराईएको थियो ।
वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ ।
बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाममा सहित दुर्गम क्षेत्रमा समेत गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १४:२०






