नेपाली सेनाहरू चन्द र विक्रमकाे रक्तदानले सुत्केरीले पाइन जीवनदान
२२ माघ, डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण १ सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआईसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो ।

सुत्केरी व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।
रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताए । उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो ।’
नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ ।
प्रकाशित मिति : 14:26







