६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

झापा ५ मा बालेन जिताउन सभापतिले नै परित्याग गरे नेपाली कांग्रेस

६ माघ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रधामन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको प्रचारमा सहभागी हुनेभन्दै नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यता परित्याग गरेको घोषणा गर्नुभएको छ ।

dainiki.com

उहाँले मंगलबारदेखि कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले परिवर्तनका लागि राजनीति गर्ने बताउनुभएको छ । झापा–५ बाट बालेन उम्मेदवार हुनुभएको छ ।

उहाँले बालेनलाइ अग्रिम शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा ।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १२:०६