५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी मनोनयन दर्ता

६ माघ, झापा । पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो ।

उहाँको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक रहनुभएको छ । यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १३:४०