मुक्तिनाथ कृषि कम्पनीको निमित्त सीईओमा तिमल्सिना नियुक्त
६ माघ, काठमाडौं। मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामशरण तिमल्सिना नियुक्त हुनुभएकाे छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हाे ।
यस्तै बैठकले कार्यकारी प्रमुख(प्रबन्ध सञ्चालक) भरतराज ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:४६









