५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

पूर्वमन्त्री इस्तियाक राई र वीरगञ्ज महानगरको प्रमुख राजेशमान सिंह एमाले प्रवेश

५ माघ, काठमाडाैँ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तियाक राईसहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तिहाक राईलगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराउनुभयाे ।

यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव हुनुहुन्थ्यो । यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:५५