९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

हालसम्मकै उच्च विन्दुमा पुग्याे सुन चाँदीकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

२८ पुस, काठमाडाैँ । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।

हिजाे ताेलामा २ हजार ८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला ४ हजार १०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ।

हिजाे छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै हिजाे ताेलामा २१० रूपैयाँले बढेकाे चाँदी आज पनि प्रतितोला २०५ रूपैयाँ बढेको छ। आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : January 12, 2026 at 12:26 pm