चावहिल मालपोतमा मन्त्री अर्यालको छड्के, तत्कालै अर्काे ठाउँमा कार्यालय सार्न निर्देशन
२१ माघ, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सोमबार चाबहिल मालपोत कार्यालयकाे निरिक्षण गरेकी छन् । भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएकोले कार्यालय अर्को ठाउँमा सार्न निर्देशन दिएकी हुन् ।

मालपोत कार्यालयकाे आफ्नै भवन ठेकेदारले समयमा नबनाउँदा सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई पनि काम गर्न समस्या भएकाले आफ्नै भवन नबनेसम्म अर्को भवनको विकल्प खाेज्न मन्त्री अर्यालले निर्देशन दिएकी हुन् ।
प्रकाशित मिति : 15:05







