२६ पुष २०८२, शनिबार | Sun Jan 11 2026

भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा

२५ पुस, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गर्नु भएको छ । मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताइएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति र मचाडो बिचको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्कमा लागु–औषध र हतियारको अभियोगमा मुद्दाको सामना गर्न लगेको एक हप्ता पछि हुनु लागेको हो ।

गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलामा देशको नेतृत्व गर्ने सामथ्र्ये नभएको उल्लेख गर्दै अमेरिकाले भेनेजुएलालाई वर्षौँसम्म नियन्त्रण गर्न सक्ने सुझाव दिएको जनाइएको छ ।

उहाँले फक्स न्यूजलाई दक्षिण अमेरिकी देश भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा, नयाँ चुनाव गर्ने स्थितिमा नभएको बताउनु भएको छ ।

मचाडोले आफ्नो नोबेल पुरस्कार ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको बताउदै ट्रम्पले यो आफ्नो लािग सबै भन्दा ठुलो सम्मान हुने उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १७:०८