२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ट्राफिक नियम नमान्ने १ हजार ७ सय चालकलाई कारवाही, कारवाहीमा पर्नेमा जिपका चालक धेरै

२१ माघ, अमरगढी । चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा १ हजार ७ सयभन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए ।

फाइल तस्विर

चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट  ८ लाख ९३ हजार राजश्व संकलन गरिएको छ । साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मंसिरमा २७८ र पुसमा २७६ सावरीसाधनका चालकलाई कारवाही गरिएको हो । कारवाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन् । गत आवभन्दा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 11:07