३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्न पायो अनुमति

२१ पुस, काठमाडाैं । सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो।

अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। यससँगै अग्राधिकार सेयर जारी गर्ने अनुमति पाउने बैंकको संख्या चार पुगेको छ। यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन्।

प्रकाशित मिति : 16:57