२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शैक्षिक परामर्श व्यवसायका लागि स्पष्ट निर्देशिकाकाे खाँचाे

१८ माघ, काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले राजधानीको अन्नपूर्ण होटलमा आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शैक्षिक परामर्श क्षेत्रले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई विदेशमा अध्ययनका लागि पठाउने गरेको र मुलुकमा राजनीतिक स्थिरता र विकास निर्माणका कार्यभएका विदेशमा उच्च शिक्षा लिएका विद्यार्थी नेपाल फर्कने वातावरण बनाउने बताइन् । “देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहना पूरा गर्न विदेशीएका युवा जनशक्ती सिप सिकेर नेपाल फर्कर्नुपर्ने पर्छ ” उनले भनिन् ।

देशविकासको बाटोमा अघि बढिरहेका वेला सबै नेपाली मिलेर अघि बढ्नुपर्ने र विकासको लागि सबै तिरबाट साथ आवश्यक रहेको कुरामा उनले जोड दिइन् । कार्यक्रममा नेकपा सांसद रामनारायण विडारी पनि मज्जैले कड्कीए , उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि विदेश अध्ययनमा पठाउने व्यवसायीलाई राज्यले राम्रो नजरले नहेरेको र यस व्यवसायलाई मर्यादित र व्यवस्थीत बनाउन शिक्षा नियमावली र निर्देशिकामै स्पष्ट व्यवस्था गर्नुपर्ने बताए ।

उनले स्थानिय तहमा दर्ता गर्ने ,संघिय तहमा दर्ता गरेर सञ्चालन गर्ने वा केन्द्रमानै दर्ता गरेर सञ्चालन गर्ने जस्ता कुरा गरेर व्यवसायीलाई अलमलमा पार्ने भन्दा पनि स्पष्ट खाका बनाउन आवश्यक रहेकोमा जोड दिए । “अब विदेशमा पढ्न जान नपर्ने गरी मेडिकल शिक्षा सम्बन्धी विधयक बनेको छ ,तर नेकपा नेताहरुले कांग्रेसलाई र गोविन्द केसीलाई बुझाउन सकेका छैनन् ”।

उनले कार्यक्रममा सहभागी अर्का कांग्रेस नेता रामहरी खतिवडालाई इंगीत गर्दै चिकित्सा शिक्षा विधयकको विषयमा गोविन्द केसीलाई गएर अव देशमा कानुनि सासन चल्ने हुदा कुनै पनि विद्यार्थीले चर्को शुल्क तिरेर मेडिकल शिक्षा आर्जन गर्नुपर्ने अवस्था नरहेको बताए ।उनले भने “ अब देखी परामर्श व्यवसायलाई कानुनले संरक्षण गर्छ ”।

कार्यक्रममा बोल्दै फेकन अध्यक्ष कटुवालले शैक्षिक परामर्श क्षेत्रमा स्पस्ट निर्देशिकाको आवश्यकता औलाए । उनले भने, “निर्देशिकामा समस्या छ, अहिले पुरानो निर्दे्शिका अनुसार सञ्चालन भइरहेको छ भने अब स्पस्ट नीति सहितको निर्देशिका आवश्यक छ ।”

कार्यक्रममा बोल्दै शैक्षिक प्रमाणिकरण शाखाका प्रमुख कृष्ण प्रसाद पोखरेलले शैक्षिक परामर्श सम्बन्धि निर्दे्शिका तयार भएर मन्त्रिपरिषद्मा पुगेको र स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । “निर्दे्शिकाको सम्पूर्ण काम सकियो अब अन्तिम चरणमा छ, अब केही समय मै निर्देशिका कार्यान्वयनमा आउँछ” उनले भने ।

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले फेकनलाई एक जुट भएर अगाडि बढ्न आग्रह गरे । “हामी समान उद्देश्य लिएर अगाडि बढेका छौ, अहिले कार्यगत एकता सुरु भइसकेको छ, आगामी दिनमा पनि एकजुट भएर अगाडि बढ्नु आवश्यक छ ।” उनले बन्न लागेको निर्देशिकामा डिपोजिटको व्यवस्था हटाउनुपर्ने, यस क्षेत्रमा विदेशी लगानीलाई अस्वीकार गरिनुपर्ने साथै यस व्यवसायलाई संघको मातहतमा राख्नुपर्ने लगायतका आफ्ना माग रहेको र सोही अनुरुप निर्देशिका जारी हुनुपर्ने माग अगाडि सारे । कार्यक्रममा शिक्षा क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 21:03