काठमाडाैँमा खुल्दै पानीजहाज कार्यालय, सरकारले स्वीकृत गर्याे १६ जनाकाे दरबन्दी
२० माघ, काठमाडौँ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राकिंत प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक/एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए ।
पानीजहाज ऐन २०२७ अनुसार गठन हुने कार्यालय काठमाडौँमै रहने जनाइएको छ । कार्यालय स्थापना र कर्मचारी खटाउने बारेमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।
प्रकाशित मिति : 18:12







