२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शिक्षकले नै प्रधानाध्यापक कुटेपछि विद्यालय बन्द, दुईजना शिक्षक पक्राउ

२० माघ, महोत्तरी । महोत्तरीकाे गौशाला १२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापकलाई शिक्षकले कुटेका छन् । विद्यालयका प्रधानाध्यापक देविप्रसाद घिमिरेलाई शनिबार साेही विद्यालयका शिक्षक राजकिशोर सिंहले हातपात गरेको भन्दै त्यस घटनाको न्यायोचित ढंगले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आइतबार विद्यालय बन्द गराएका हुन ।

प्रधानाध्यापकमाथि हातपात गर्ने विद्यालयका पूर्व प्रधानाध्यापकद्वय राजकिशोर सिंह र देवनारायण महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 17:32