१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले लिए पद तथा गोपनियताको सपथ

२० माघ, काठमाडौँ । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

आचार्यलाई संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ । मन्त्रिपरिषद्ले भारतका लागि राजदूतमा सिफारिस गरिएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।

 

प्रकाशित मिति : February 3, 2019 at 4:51 pm