२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

उपसचिव तहका कर्मचारीको समायोजन आजदेखि, दुई हजार उपसचिव समायाेजन हुने

२० माघ, काठमाडाैँ । सरकारले आजदेखि उपसचिव तहका कर्मचारीको समायोजनको काम सुरु गर्ने जनाएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई आजदेखि समायोजन पत्र दिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजदेखि कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने छन ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघ अन्तरर्गतका विभिन्न कार्यालयमा खटाउनेछ । प्रदेशमा समायोजन भएकाहरु भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । भने स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको ब्यवस्था मिलाइएको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।

प्रकाशित मिति : 11:12