२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

धादिङकाे नौबिसे र मकवानपुरकाे हेटौँडामा सवस्टेशन बन्ने

१९ माघ, काठमाडाैँ । धादिङकाे नौबिसे र मकवानपुरकाे हेटौँडामा सवस्टशेन बन्ने भएकाे छ । सरकारको योजनाअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागि धादिङको नौबिसे र मकवानपुरको हेटौँडामा ४००/४०० केभी क्षमताका दुई वटा सवस्टेशन निर्माण गरिने भएका छन् ।

फाइल फाेटाे

आयोजनास्थलदेखि धादिङको नौबिसेसम्म ४०.३ किलोमिटर लामो प्रसारण लाइनमार्फत नौबिसेमा निर्माण हुने सवस्टेशनमा विद्युत् जोडिनेछ । यस्तै हेटौँडामा निर्माण हुने सवस्टेशनमा कूल ५८.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ । प्रसारण लाइन र सवस्टेशनका लागि मार्ग र स्थानको निक्र्यौल गरिनेछ । वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ ।

प्रकाशित मिति : 15:21