२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेविसंघकाे अराजकता, यसरी जलायाे पोखरा महानगरपालिकाको गाडी 

१९ माघ, कास्की । नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाकाे गाडी जलाएकाे छ । नेविसंघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिकै महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।

पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनकाे डेरा मासबार गएको गाडीमा रहेका चालकलाई झारेर विद्यार्थीहरुले आगो लगाएका हुन् । गाडीमा लागेकाे आगो दमकलले  निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ । आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : 11:05