श्रीमतीसँगको रिसले आफ्नै आमाको हत्या गर्ने टंकबहादुर कार्की पक्राउ
१८ माघ, ओखलढुंगा । चिर्पट प्रहार गरी ओखलढुंगामा छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् ।

सामान्य घरायसी झगडा हुँदा बुधबार बेलुका टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीले बताएकाे छ ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यलयलामा भने बिहिबार बेलुकामात्रै खबर आएको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थल पुगी छानबिन गरेको थियो । छानविनका क्रममा छोराले आमाको हत्या गरेको पुष्टि भएपछि टंक बहादुरलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 15:13







