बिरामी जाँच्न छाेडेर आन्दोलनमा निस्केका त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ
काठमाडौँ । बिरामी जाँच्न छाेडेर आन्दोलनमा निस्केका त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् । राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्न खोज्ने त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका हुन् ।

शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 13:21







