२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन

१८ माघ, काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। राणाकाे स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएकाे थियाे ।  उपचारकै क्रममा उनकाे निधन भएको परिवारले जानकारी दिएका छन् ।

उनले ‘साथी म तिम्रो’, ‘दुई थोपा आँसु’, ‘सेतो बाघ’, ‘दर्पण छायाँ २’, ‘दक्षिणा’, ‘बसन्ती’, ‘कसले चोर्यो मेरो मन’, ‘दासढुंगा’लगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए  । उनकाे निधनप्रति चलचित्रकर्मी र उनका शुभचिन्तकले समवेदना व्यक्त गरिरहेका छन्। उनका श्रीमती र दुई छोरा छन्।

प्रकाशित मिति : 13:06