९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

छुट्ला है ! एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्दैछ।

यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : December 1, 2025 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/