धादिङको रुवीभ्यालीमा पहिरोमा पुरिएका दुई जनाको शव पाँच दिनपछि सशस्त्र प्रहरीले निकाल्यो
१८ माघ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिका वडा नंं ४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि ओडारभित्र हराइरहेका दुईजना गोठाला पाँच दिन पछि ढुंगाले च्यापिएकाे अवस्थामा मृत फेला परेका छन । लगातारको हिमपातपछि गोठाला गएको बेला सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला पहिरोमा पुरिएका उनीहरूको बिहीबार साँझ अवस्था पत्ता लागेको हो ।

पहिरोमा पुरिएर हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र त्यही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको शब सशस्त्र प्रहरीको टोलीले झिकेके छ ।सशस्त्र प्रहरी बल धादिङबेसी गुल्मप्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले पाँच दिनपछि उनीहरूको शव फेला पारिएको जानकारीदिए ।खोजी कार्यमा प्रहरी निरीक्षक बस्नेतको नेत्तृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । पहिरोमा पुरिएका २ सय ६० वटा भेडा बाख्रा मध्ये जम्मा ४ वटा भने जिवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।
प्रकाशित मिति : 08:42









