नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
९ मंसिर, काठमााडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
हाल कायम चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भइ र बैंकको साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १०:०८












