२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एनएमबि बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

७ मंसिर, काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १०:१७