२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न पायो अनुमति

५ मंसिर, काठमाडौं। नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार’ निष्कासन गर्न स्वीकृति दिएको हो ।

अनुमति पाएसँगै बैंकले रु. १०० अंकित दरका ५ करोड कित्ता सेयर निष्कासन गर्नेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यो सेयरको लाभांशदर ८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १५:०७