१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नुवाकोटको लिखुमा विद्यालय ब्यवस्थापन महासंघ गठन

१७ माघ, काठमाडाैँ । नुवाकोटको लिखु गाउँ पालिका स्थित सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ गठन भएको छ।नुवाकोट सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष भाग्यश्री लामाको प्रमुख अध्यक्षता तथा लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस गाउँ पालिका स्तरीय सामुदायिक विद्यालय महासंघ गठन भएको हो।समितिको अध्यक्षमा रामबहादुर ओझा चयन हुनुभएको छ।

समितिको उपाध्यक्षमा कविता कुवर,सचीवमा शैलेन्द्र राई,कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा सरस्वती मल्ल,हरिशरण राई,दुर्गा घर्ती,शिवराम रानामगर,श्याम डङोल,मधु राई र शान्ता मिजार रहनुभएको छ।कार्यक्रममा लिखु गाउँ पालिकाका १४ सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका ब्यवस्थापन पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : January 31, 2019 at 4:40 pm