२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ज्यानमारासँग ५ लाख घुस खाने काठमाडौं जिल्ला अदालतका नासु भोलानाथ चालिसे रंगेहात पक्राउ

१७ माघ, काठमाडौँ । ज्यानमारासँग घुस खाने काठमाडाैँ जिल्ला अदालतका एक कर्मचारी पक्राउ परेका छन । जिल्ला अदालत काठमाडाैँका नायव सुब्बा भोलानाथ चालिसे बिहीबार ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चालिसेलाइ बबहमहलस्थित अदालतको परिसरबाटै पक्राउ गरेको आयोगले जनाएको छ । चालिसेले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : 16:13