२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको  हो ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो ।

प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो । प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १४:३०