२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नबिल बैंकको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

२ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र दरबारमार्ग, तीनधारामा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ०९:४०