४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अवसरवादी गिद्धहरू (गोविन्द केसीको वरिपरि घुमिरहेका मानिसरूमा समर्पित)


–बालकिशोर क्षेत्री

टिचिङ्को एउटा कुनाबाट
आइरहेको छ टिङ-टिङ आवाज
तेहि कुनामा लमतन्न सुतेका छन
एकजना सादकी डाक्टर

वरिपरि छन् अवसरवादी गिद्धहरु
जसको ध्यान छ
खबर प्रतिकाको अघिल्लो पाना
फगत केही अन्तरबार्ता
केहि राजनैतिक इच्छापूर्ति
अब
डाक्टरलाई जित्नु केही छैन न त गुमाउनु
उनी त सबै नेपाली जनतका साझा
राजनीति र वाद भन्दा माथि
जित्नु त अवसरवादी गिद्दहरुलाई छ
लम्बाएर माग
झिकेर बखेडा
ढाल्नु छ सादकी डाक्टरलाई
गर्नु छ तेहि माथि राजनीति

कमजोर बनाउनु छ ब्यवस्था
स्वार्थी गिद्धहरुलाई
बनाउनु छ नयाँ पार्टी
बन्नु छ अभियान्ता र प्रखर युवा नेता
अब सादकी डाक्टर
उठ्नु पर्ने छ अनसनबाट र भन्नु पर्ने छ
पर जाओ अबसरवादी गिद्धहरु
यो परिवर्तन मेरो सम्पति हो
यसलाई टेकेर बड्छु अघि
गरेर यसको नेतृत्व
अनि मात्र सादकी डाक्टर
बस्नेछ्न नेपालीको मन मनमा
आस्थाको धरोहर भएर
परिवर्तनको दियो भएर
सधै सधै…

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १३:०६