२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई थुनुवा पक्राउ

१ मंसिर, झापा । जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन् । उनीहरु जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरुकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १४:१७