भगुवा मेलम्चीकाे ठेकेदार थाइल्याण्डमा सरकारसँग वार्ता गर्न राजी
१७ माघ, काठमाडाैं । भगुवा मेलम्ची खानेपानीकाे ठेकेदार नेपाल आउन डराए पनि थाइल्याण्डमा सरकारसँग वार्ता गर्न राजी भएकाे छ ।आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर भागेको सिएमसी निर्धारित समयमा काममा नफर्किएपछि ठेक्का रद्ध गर्ने कानुनी प्रक्रिया चालेपछि सम्पर्कमा आएको हो । सरकारले अन्तिम पटक भन्दै पुनः सोचविचारका लागि माघ ३० गते सम्मको सीमा राखी पत्र लेखेपछि सीएमसी थाइल्याण्डमा वार्ताका लागि तयार भएको आयोजनाको दावी छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीएमसीसँग यही साता भित्र थाइल्याण्डमा वार्ता गर्ने तयारी भएको बताएका छन् । सीएमसीसँग वार्ताबाट सहमतिको अन्तिम प्रयास गर्ने बताउदै प्रधानमन्त्री ओलीले सहमतिमा नआए मेलम्ची खानेपानी आयोजना आफै निर्माण गर्ने घोषणा गरेका छन् । उनले भने जसरी भए पनि काठमाडौंमा सरकारले मेलम्चीको खानेपानी ल्याएरै छोड्छ ।
प्रकाशित मिति : 12:33









