२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

३३ प्रतिशतले बढ्यो गार्डियन माइक्रो लाइफको नाफा

२८ कात्तिक, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७० लाख ८४ हजार खुद नाफा कमाएकाे छ । याे नाफा गत आवको साेही अवधिकाे तुलनामा ३३.६६ प्रतिशतले बढी हाे । गत आवको असोज मसान्तसम्म कम्पनीले ५३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियाे ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११९.४५ प्रतिशतले बढेर ११ करोड २७ लाख ६० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी कुल आम्दानी ६ करोड ४१ लाख ९० हजारबाट बढेर १६ करोड ३ लाख ९० हजार पुग्दा कुल खर्च पनि ५ करोड ८८ लाख ८९ हजारबाट बढेर १५ करोड ३३ लाख ६ हजार रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ३२ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड २१ लाख ९१ हजार रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.४१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १७:२०