२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश

२८ कात्तिक, काठमाडाैं । जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

शुक्रबार न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले यस मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो। अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए । बलात्कार आरोपमा अहिराज साउन ४ गते पक्राउ परेका थिए।

प्रकाशित मिति : November 14, 2025 at 3:33 pm