१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

सैनिक अदालत पनि सर्वोच्च अदालतको नियन्त्रण र सुवरिवेक्षण रहने

१६ माघ, काठमाडौँ । सैनिक अदालत पनि सर्वोच्च अदालतको नियन्त्रण र सुवरिवेक्षण रहने भएको छ । सैनिक अदालत सर्वोच्च अदालतको नियन्त्रण र सुवरिवेक्षणभन्दा बाहिर रहेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराइको संयुक्त इजलाशले सैनिक अदालत पनि सर्वोच्च मातहत रहने फैसला गरेको हो ।

सैनिक प्रहरी कृष्णबहादुर मगरलाई केन्द्रीय अनुसन्धान ब्युरोले गैडाको खाग तस्करीमा रंगेहात पक्राउ गरेर काठमाडौं जिल्ला अदालतको अनुसार पुर्नपक्ष थुनामा राखेको विषयलाई गैरकानुनी भन्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले गएको भदौ ५ गते नयाँ संविधानअुसार सैनिक अदातल पनि आफ्नो नियन्त्रण र सुपरिवेक्षणमा रहने व्याख्या गरेको हो ।

प्रकाशित मिति : January 30, 2019 at 11:15 pm