२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

विदेशिएका नेपालीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने योजनाको एनआरएनएद्धारा स्वागत

१६ माघ, काठमाडाैँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गैरआवासीय नेपालीलाई पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ । एनआरएनका प्रवक्ता भुषण घिमिरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस योजनालाई निर्णायक तहमा पु¥याइ तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, “सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका ‘हजारे अभियान’लगायत यससँग सम्बन्धित विषय, सञ्चय कोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको हामीले महशुस गरेका छौँ ।”सङ्घले यस अभियानले ससानो पूँजीलाई एकीकृत गरेर राष्ट्र निर्माणका ठूल्ठूला कार्य गर्नसमेत योगदान पुग्ने विश्वास लिएको छ ।

यो पनि पढ्नुहोस्

–विदेशमा पसिना बगाउने नेपालीको पनि सामाजिक सुरक्षाको प्रत्याभूति सरकारले गर्छः श्रममन्त्री गोकर्ण विष्ट

–वैदेशिक राेजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा याेजनामा सहभागी गराइने

प्रकाशित मिति : 22:37