२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

२५ कात्तिक, काठमाडाैं । सानिमा बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार आचार्य नियुक्त हुनुभएकाे छ । कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

आचार्य हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई आगामी माघ १२ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिने बैंकले जनाएको छ । उहाँको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेबाट समाप्त हुँदैछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १०:३८