२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२३ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी गान्धी पंडितको नाममा रहेको सेयर ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा  हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने  छन्। इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनुपर्नेछ। लगानीकर्ताले काठमाडौंको सुन्धारास्थित बाघ दरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको सेयर विभागमा आवेद दिन सक्नेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १२:३९