२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

ओलीको प्रश्न: क्रिकेट रंगशाला बनाउँछु भन्ने धुर्मुस–सुुन्तलीको खातामा कति पैसा छ ?

१६ माघ, काठमाडौं । चितवनकाे भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका धुर्मुस सुन्तलीको आँट देखेर  प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूकाे बैंक खातामा कती पैसा छ ? भन्दै प्रस्न गरेका छन् । प्रधानमन्त्री ओलीले कलाकार जोडी धुर्मुस सुन्तलीको आँटकाे  प्रशंसा गर्दै उनीहरूले नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गरेका छन् ।

लगानी ठुलाे लाथग्ने देख्दादेख्दै र पैसाकाे अभाबमा यती ठुलाे अाँट गर्नु  प्रशंसनीए भएकाे बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिदै सहयोग गर्छु भन्नेहरुलाई समयमै बाचा अनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् ।

फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज  आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । “अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले  अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ”, उनलेले भने ।

खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गरेका छ्न्  । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताए ।

उनले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताए  । “राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ”, उनले भने ।

उनले खेलकै करण कयौँ राष्ट्रलाई एकताबद्ध बनाएको बताउँदै मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको बताए । मुलुकको समृद्धिका लागि अब सबै जनताले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्ने बेला आएको बताए ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले खेलकूदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताए । उनले खेलकूदको विकास र रङ्गशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गरे ।

युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भनेका छन् । उनले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उनले बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताएका छन् । उनले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताएका छन् ।

यो पनि पढ्नुहोस्

पैसा उठे साँढे दुई वर्षमा यसरी बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

प्रकाशित मिति : 18:58