खुम्चियाे कृषि विकास बैंककाे नाफा, यस्ता छन् अन्य सूचक
२१ कात्तिक, काठमाडौं । कृषि विकास बैंक ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ९ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे ।
बैंकको कुल सञ्चालन नाफा भने २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। याे अवधीमा बैंककाे खराब कर्जा ४.७८ प्रतिशतमै स्थिर रहेको छ ।
चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेकाे छ । बैंककाे रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ।
समिक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:४४












