स्ट्यान्डर्ड चार्टर्ड बैंककाे नयाँ निर्देशकमा विद्या कुमार नियुक्त
२० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको निर्देशकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, युके (प्रवर्द्धक सेयरधनी) काे तर्फबाट विद्या कुमार नियुक्त हुनुभएकाे छ ।
यसअघि सो पदमा रहनुभएकाे अन्कुर खुरानाकाे स्थानमा कुमारलाई नियुक्त गरीएकाे हाे। बैंकका अनुसार विद्या कुमारले ५ नोभेम्बर २०२५ देखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुहुने छ। उहाँ सञ्चालक समितिको सदस्यका साथै बोर्ड अडिट समितिकी अध्यक्ष पनि हुनुहुन्छ ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १६:५६












