२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी

२० कात्तिक, काठमाडौँ । नेकपा एमाले निकट युवा संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।

बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १५:४४