२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

टान संयुक्त ल्होसार कार्यक्रम यस वर्ष भिजिट नेपाल–२०२० प्रवर्द्धन गर्ने गरी मनाइने


१५ माघ, काठमाडाैँ । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले वितग दुई दशकदेखि आफ्नो क्यालेण्डर अनुसार वार्षिक रूपमा मनाउँदै अाएको टान संयुक्त ल्होसार कार्यक्रम यस वर्ष भिजिट नेपाल–२०२० प्रवर्द्धन गर्ने गरी मनाउन भएको छ । फेब्रुवरी ७ मा लैनचाैधर व्यैंकेटमा हुने कार्यक्रममा शेर्पा, गुरुङ, तामाङ्ग, ह्याल्मो लगायत हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुको संस्कृतिक प्रस्तुती, ख्यातीप्राप्त हाँस्य कलाकारहरुको प्रदर्शन, विभिन्न गायक /गायिकाहरुको सांगीतिक प्रस्तुती, डिजे सेसन, डिनर कार्यक्रम साथै डोर प्राइजहरु ‘टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम २०१९’ को मुख्य आकर्षण हुने टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा राजनैतिक व्यक्तित्वहरू, उच्चस्तरका सरकारी निकायका प्रतिनिधिहरु, विभिन्न पर्यटन संघ संस्थाहरु, टानका सदस्य कम्पनीहरु, पर्यटन उद्यमी लगायतको सहभागी रहने श्रेष्ठले बताए । टानले ल्होसारको संयोजनको जिम्मा सदस्य ऋतु ग्याम्दानलाइ दिएको छ । कार्यक्रम संयोजक ग्यामदानले टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रममा सहभागी हुन एक हजार छ सय उनान्सत्तरी रूपैयाँमा टिकट लिनसकिने जानकारी दिइन ।

 

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार २०:०२