एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य नियुक्त
१७ कात्तिक, काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त हुनुभएको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शाक्यलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्ति गरिएको हो । उहाँले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:२६












