९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ कात्तिक, काडमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सिटिजन्स बैंक इन्टरनेशनल र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी बैंकहरुको साधारण सभामा सहभागि हुन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सिटिजन्स बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

प्रकाशित मिति : November 2, 2025 at 9:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/