२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

एक बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

१६ कात्तिक, काठमाडाैं । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि जम्मा गरेको हो ।

मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आएको हुँदा यथाशिघ्र आफ्नो परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको बैंक खातामा ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) पठाइएको बैंकले जानकारी दिएको छ।

साथै बुक क्लोजको अघिल्लो दिनसम्म सेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि शेयरधनीको बैंक खातामा लाभांश पठाइने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : 09:09