२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

 भरुवा बन्दुक पड्किएर १० वर्षीया बालीका घाइते

१५ माघ, डडेल्धुरा । घरमा भरुवा बन्दुक खेलाउँदा पड्केर गोली लागी एक बालिका घाइते भएकी छन् । जिल्लाको नवदुर्गा गाउँपालिका-५ कि १० वर्षीया आरतीकुमारी बिक आफ्नै दाइ १५ वर्षीय कुलदिप बिकले भरुवा बन्दुक खेलाउने क्रममा पड्किदा लागेर घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कुलदिप बिक र सोही ठाउँ बस्ने २८ वर्षीय दीपक ऐरलाई समेत नियन्त्रणमा लिएको छ । उक्त बन्दुक दीपक ऐर र सोही ठाउँ बस्ने २९ वर्षीय मोहन्तबहादुर साउदले राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13:00