२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

शहीद दिवसको अवसरमा सरकारले २८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गर्‍याे 

१५ माघ, काठमाडौं । मन्त्रिपरिषदको बैठकमा सरकारले २८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।


मन्त्रिपरिषद् बैठकबाट कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गरिएको हो । शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन ।

प्रकाशित मिति : 11:42